संसद नियमावली शुक्रबार संसदमा पेश हुन्छ, बहुमतले पारित हुन्छ :कानुनमन्त्री

Sribahadur tamanga

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आगामी शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली पेश गर्ने बताएका छन् । 

उनले नियमावलीमाथि संशोधन हालेर बहुमतबाट पारित गराउने सांसदहरुको सार्वभौम अधिकार रहेको पनि स्पष्ट पारे । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार संसद नियमावली छिट्टै पारित होस् भन्ने पक्षमा सरकार रहेको पनि स्पष्ट पारे ।

सत्तापक्षकै सांसदहरुले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न नहुने अडान लिएपछि संघीय संसद नियमावली संघीय संसदमा पेश हुन सकेको छैन । मन्त्री तामाङले फौजदारी अभियोग लागेका सांसदलाई पूर्पक्षका लागि थुनामा राखेपछि उसको पद निलम्बन हुने कुरालाई अन्यथा ठान्न नहुने टिप्पणी पनि गरे ।

यता, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले भने पुर्पक्षका लागि थुनामा राखिएका सांसदलाई अभियोग पुष्टि नभएसम्म निलम्बन गर्न नहुने अडान राख्दै आएका छन् ।

नेपाली कांग्रेसले फौजदारी अभियोग लाग्नासाथ सांसदलाई निलम्बन गर्ने गरी विधेयक पेश गरिए संसद अवरुद्ध पार्ने चेतावनी समेत दिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...