यि हुन् प्रदेश सभा सदस्यलाई झापड हान्ने नेकपाकी सांसद मञ्जु यादव
जनकपुरधाम । प्रदेश २ की नेकपाकी सांसद मन्जु यादवले आफ्नै पार्टीका सांसद किशोरी साहलाई झापड हानेकी छन् । नेकपाको संसदीय दलको कार्यालयमा संसदीय दलका नेता सत्यनारायण मण्डलकै अगाडी यादवले साहमाथि झापड हानेकी थिईन्।
मंगलबारको सो घटनापछि नेकपाका सांसदहरुबीच विवाद थप चर्किएको छ । नेकपा संसदीय दलका नेता मण्डलले सांसद मञ्जु यादवले पागलपन देखाएको भन्दै उनको सांसद पद र संगठित सदस्यता खारेजी गर्ने चेतावनी दिएका छन् । मञ्जु यादवमाथि पार्टी केन्द्रले कारवाही नगरे आफूहरु बाहिरिने चेतावनी समेत मण्डलले दिएका छन्न् ।
मण्डलले प्रदेशसभाका सांसद सत्रुघन महतो र केन्द्रीय सदस्य योगनारायण यादवको उक्साहटमा सो घटना गराएको आरोप लगाएका छन् । महतो र यादव दुवैजना नेकपाका केन्द्रीय सदस्य हुन् भने मण्डल स्थायी समितिका सदस्य हुन् । महतो मण्डलसँग तत्कालीन एमालेको संसदीय दलको नेतामा पराजित भएका थिए ।
यता, मन्जु यादवले भने स्थायी कमिटी सदस्य मण्डल र किशोरी साहले आफूलाई अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेपछि झापड हानेको बताईन्
प्रतिकृया दिनुहोस