गृहमन्त्री थापाको दावी : सुन काण्डका ‘ठूला माछा’को अन्तिम छट्पटाइ सुरु
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सुनकाण्डमा जो मुछिए पनि नछाड्ने दावी गरेका छन् ।
आफ्नो कार्यकालको १ सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सुन काण्डमा सहभागी एक जनालाई पनि माफी नदिइने दावी गरे ।
‘हामी सबैलाई पक्राउ गर्ने गरी अघि बढेका छौँ । कोही पनि उम्कन पाउने छैनन्’ उनले भने, ‘हामी सबैलाई पक्राउ गर्ने क्रममा छौँ । साना ‘माछाहरु’ पक्राउ पर्दा ठूला माछाहरु अहिले छट्पटाइरहेका छन् र यो उनीहरुको अन्तिम छट्पटाइ हो ।’
साढे ३३ किलो सुन काण्डमा प्रहरी अधिकारी, विमानस्थलका कर्मचारीसहित मुख्य नाइके मानिएका चुडामणि उप्रेती, गोरे सहितका पक्राउ पर्नु पनि मुख्य उपलब्धी भएको उनको तर्क छ ।
सुनजस्तै अरु कुनै पनि किसिमका तस्करी वा सुरक्षामाथि खतरा आउने खालका गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको उनले बताए । आफू देशका सुव्यवस्था ल्याउने र सबै गुण्डा तथा तस्करलाई तह लगाउने क्रममा रहेको उनको दावी छ ।
प्रतिकृया दिनुहोस