गर्मीले तराईको जनजीवन कष्टकर बन्दै
काठमाडौं । पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण तराईको जनजीवन कष्टकर बन्न थालेको छ ।
गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापारसमेत बढेको छ । सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ ।
तापक्रम वृद्धि भएको छ । गर्मीसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा चल्दा सर्वसाधारण आत्तिएका छन् । उनीहरु घरबाट बाहिर निस्किनसमेत सकेका छैनन् ।
अत्यधिक गर्मी बढेपछि बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ । अत्याधिक गर्मीका कारण निजी तथा सामुदायिक विद्यालयले बिहान पढाउन थालेका छन् ।
अत्याधिक गर्मी बढेपछि बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ । अत्याधिक गर्मीका कारण निजी तथा सामुदायिक विद्यालयले बिहान पढाउन थालेका छन् ।
गर्मीका कारण पूर्वी तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा लगायतका जिल्लाको जनजीवन प्रभावित भएको हो । रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लाको जनजीवन पनि निकै कष्टकर भएको छ ।
गर्मीका कारण ती क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान पनि गाह्रो हुन थालेको छ ।
अहिले पूर्वी तराईमा बिहानको तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको छ भने दिउँसो यो बढेर ३९ देखि ४० डिग्रीसम्म पुग्ने गरेको छ । यस्तै पश्चिम तराईमा दिउँसोको तापक्रम ४२ डिग्रीसम्म पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस