वीर अस्पतालका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Bir hospilan

काठमाडौं । घुस खाएर गलत कागजात तयार गरि बलात्कारीलाई बचाउन खोजेको आरोपमा वीर अस्पतालका चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जबरजस्ती करणीमा संलग्नलाई बचाउन घुस लिएको अभियोगमा उनीहरुविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार रु पचास हजार घुस लिई गलत लिखत तयार पारेको अभियोगमा वीर अस्पतालमा कार्यरत रेडियोग्राफर अधिकृत कृष्णप्रसाद तिमिल्सिना र सोही अस्पतालमा कार्यरत सेवा आयोगका सचिव लक्ष्मणप्रसाद अर्याल विरुद्द मुद्दा दायर गरिएको हो ।

यस्तै अस्पतालको कागजात अनाधिकृत रुपले हेरफेर गर्ने केदारनाथ पराजुली र नक्कली कागजात पेश गर्ने आरोपी उद्धवप्रसाद नेपाल विरुद्ध समेत कैद सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...