प्रधानसेनापति क्षत्री बुधबार भारत जाने

Army chief rajendra chhetri.jpg

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री भारतको ६ दिने भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय सेनाका सेनाध्यक्ष जनरल विपिन राउतको औपचारिक निमन्त्रणामा उनी भारत जान लागेका हुन् ।

भ्रमणको दौरानमा उनले देहरादुनमा सञ्चालित भारतीय सेनाको अधिकृत आधार तालिमको जेष्ठ २६ गते हुने आयुक्त पद प्रदान कवाजको मुख्य अतिथिका रुपमा आतिथ्यता ग्रहण गर्नेछन् ।

प्रधानसेनापति क्षत्री जेष्ठ २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ । यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...