कर्णालीका मन्त्री लखपतिदेखि करोडपतिसम्म ! कुन मन्न्त्री कति धनी ? हेर्नुस् सुची
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर सबैभन्दा गरिवको सुचीमा पर्छन् । शाहीको नगद मात्रै सम्पत्ति ७ लाख छ । अन्य मन्त्रीको कति होला ?
मुख्यमन्त्री शाही कै यति धेरै सम्पत्ति देखाइएको छ भने अन्य मन्त्रीको कति होला ? अनुमान गर्नुस् त । कर्णालीमा सबैभन्दा धनी मन्त्री भौतिक तथा पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्री हुन् । उनको सम्पत्ति बैंकमा १० करोडभन्दा बढी बचत छ ।
पत्नी र प्रदीप कन्स्ट्रक्सनको नाममा गरी विभिन्न बैंकमा ७५ लाख रुपैयाँ नगद छ भने आफ्नै नाममा विभिन्न बैंकमा ११ करोड ८६ लाख रुपैयाँको सेयर रहेको छ ।
ट्रक, ट्रिपर, जिप, एक्साभेटर गरी दर्जनौं सवारी साधनका मालिक रहेको छ । उनको सुर्खेतको भेरीगंगामा २० रोपनी, रानीबासमा १२ रोपनी, वीरेन्द्रनगर नगरपालिकामा पनि दुई कित्ता जग्गा छ ।
बाँकेको कोहलपुर, खजुरा र गणापुरमा उनको झण्डै ४ विघा जग्गा छ । काठमाडौंको बुढानिलकण्ठमा २ रोपनी र भक्तपुरको चाँगुनारायणमा २ रोपनी जग्गा छ भने कैलालीको कैलारी गाउँपालिकामा झण्डै ३ विघा र धनगढीमा डेढ कठ्ठा जग्गा छ ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला पनि धनीकै सुचीमा पर्छन् । काठमाडौंमा आफ्नै नाममा, सल्यानमा भाइको नाममा र बर्दियामा आमाको नाममा घर छ । उनीसँग काठमाडौं महानगरपालिका १६ र सल्यान शारदा नगरपालिका, दाङको तुलसीपुर र घोराहीमा आफ्नै नाममा जग्गा छ । बर्दियाको बाँसगढीमा आमाको नाममा ४ ठाउँमा, बलबहादुर साहुको नाममा बर्दिया र सल्यान गरी दुई ठाउँमा र भतिज सन्तोष विसी नाममा घोराहीमा जग्गा छ ।
उनीसँग १५ लाख, ३ तोला सुन र १० तोला चाँदी छ । एभरेस्ट बैंकमा १२ लाख, कृषि विकास बैंकमा ४ लाख १० हजार र राष्ट्रिय बाणिज्य बैंकमा ५० हजार रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको जुम्ला र बाँकेमा पुख्र्यौली घर रहेको छ । ७६ हजार वर्गमिटर जग्गा, १५ तोला सुन, १० तोला चाँदी र एभरेष्ट बैंकमा १ लाख रुपैयाँ बचत छ ।
त्यसैगरी सामाजिक विकास मन्त्री दल रावलको हुम्लामा ३ वटा र बाँकेमा एउटा गरी ४ वटा घर छ । सुर्खेतमा २५ लाखको जग्गा र हुम्लामा ५० लाखको पुख्र्यौली जग्गा, ५५ तोला सुन, १५० तोला चाँदी छ ।
रावलको नेपाल एसबीआई बैंकमा १ लाख ५३ हजार, पत्नीको नाममा सनराइज बैंकमा २४ लाख र राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ६५ हजार रुपैयाँ छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको डोल्पामा ४ वटा पुख्र्यौली घर र ५ ठाउँमा जग्गा, १५ तोला सुन, १ किलो चाँदी छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीको सम्पत्ति भने कम देखिएको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा रुकुमको सिम्लेमा पैत्रिक सम्पत्तिका रुपमा एउटा जग्गा छ । रुकुम, दाङ र सुर्खेतमा पनि जग्गा छ ।
प्रतिकृया दिनुहोस