प्रधानमन्त्रीको चीन भ्रमण : रेलदेखि तेलसम्म
काठमाडौं । परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली दुई वर्षअघि प्रधानमन्त्री हुँदा चीनसँग भएका रेलदेखि तेलसम्मका सम्झौता कार्यान्वयनमा प्राथमिकतामा पार्नुपर्ने बताउका छन् ।
नेकपाका नेतासमेत रहेका डा. भट्टराईले दुई वर्षअघि प्रधानमन्त्री हुँदा गरिएका १० बुँदे सम्झौताहरुलाई कार्यान्वयनमा लैजान यसपटक प्राथमिकता दिइने जानकारी दिए ।
चीनसँग भएका पारवाहन तथा यातायात सन्धि, रेल, उत्तर–दक्षिण राजमार्ग, क्रस–बोर्डर टा«न्समिसन र आर्थिक लगानी तथा द्धिपक्षीय व्यापार लगायतलाई अब दु्रत गतिमा कार्यान्यवन गर्न चिनीयाँ पक्षसँग कुरा गरिने उनले बताए ।
‘यसअघि चीनसँग भएका सम्झौताहरु कार्यान्वयन हामीले सोचेजस्तो भएन, जुन गतिमा सम्झौता कार्यान्वयन हुनुपर्ने थियो त्यो हुन सकेन’ उनले मंगलबार रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको कार्यक्रममा भने, ‘यसमा हाम्रै आन्तरिक कारणहरु छन् । अहिले सही वातावरण बनेका कारण ुर्य वर्षअघि गरिउका सम्झौता कार्यान्वयनमा विषेश जोड हुनेछ ।’
विगतमा भएका सहमतिको कार्यान्वयन र नेपालमा विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत स्थायित्वको विश्वास दिलाउन सक्नुपर्ने उनको भनाई छ । ‘अहिले सरकार यसैको आन्तरिक गृहकार्यमा जुटेको छ’ उनले भने, ‘चीन भ्रमणको क्रममा नेपालमा लगानी भित्र्याउन हामीले विश्वासको वातावरण बनाउनुपर्छ ।’
केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउनेबारे कुराकानी भइरहेको स्पष्ट पारेका छन् । ‘केरुङ–काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, हाम्रो प्रधानमन्त्रीले पनि पटकपटक भनिसक्नुभएको छ कि हामी आन्तरिक स्रोतले बनाउन सक्ने अवस्थामा छैनौं’ उनले भने, ‘त्यसैले चीनले अनुदानमा बनाईदिएमात्रै काठमाडौंमा रेल आउँछ ।’
प्रतिकृया दिनुहोस