डोनाल्ड ट्रम्प–किमको बैठकमा गोर्खाली सेनाको सुरक्षा

Gorkha army 22

काठमाडौं । जुन १२ मा तय भएको डोनाल्ड ट्रम्प–किम जोन उन ऐतिहासिक बैठकमा गोर्खाली सेनाले सुरक्षा दिने भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किम दुवै आ–आफ्ना देशका सुरक्षाकर्मीका साथ आउने भए पनि सिंगापुरका तर्फबाट भने गोर्खाली सेनाले सुरक्षा दिनेछ ।

गोर्खाली सेनाको सबैभन्दा प्रमुख हतियार र राष्ट्रिय पहिचान खुकुरी भएकाले त्यो पनि साथमा हुने छ । बैठकस्थल वरिपरिका सडक, बैठक बस्ने होटललगायतका महत्वपूर्ण स्थानहरुमा गोर्खाली सेनाले सुरक्षा प्रदान गर्ने निश्चित भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार यसैको तयारीका निम्ति सिंगापुर पुलिसले अहिले उनीहरुलाई विशेष सैन्य पहिरन, बेल्जियममा बनेको एसल्ट राइफल, खुट्टामा पहिरने विशेष प्रकारको पेस्तोल होस्टलरलगायतका हतियार प्रदान गरिरहेको छ ।

सिंगापुरमा मात्र ६ ठूला कम्पनीहरुका लागि १८ सय गोर्खाली सेना खटाइएको छ । यसबाहेक उनीहरुलाई विशेष अन्तराष्र्टि«य समारोहका लागि मात्र सहभागी गराइने गरेको बताइएको छ ।

विगत २ सय वर्षदेखि नै सिंगापुर, बेलायत, ब्रुनाइ, भारतजस्ता देशहरुले नेपालका गोर्खाली सेनालाई विशेष रुपमा भर्ती गराउने गरेका छन् । १९ औँ शताब्दीको युद्धदेखि नै गोर्खाली सेनाबाट अत्यन्तै प्रभावित हुँदा सबैभन्दा पहिले बेलायतले उनीहरुलाई सम्मानस्वरुप तैनाथ गराएको थियो ।

त्यसैले वर्षौँदेखि सिंगापुरलाई सुरक्षित राख्न पनि गोर्खाली आर्मीको ठूलो हात रहेको सिंगापुर पुलिसको वेबसाइटले व्याख्या गरेको छ । यी सबै देशहरुमा गोर्खा आर्मीलाई परम्परागत शक्तिका रुपमा लिइने गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...