यस वर्षको वातावरण पत्रकारिता पुरस्कार मण्डल र शेर्पालाई

Puraskar n

काठमाडौं । नेपाल वातावरण पत्रकार समूहले हरेक वर्ष वातावरण दिवसका अवशरमा प्रदान गर्ने ‘वातावरण पत्रकारिता पुरस्कार’ पत्रकारद्धय चन्दनकुमार मण्डाल र छेटु शेर्पालाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ । 

पत्रकार मण्डल दि काठमाडौं पोष्ट दैनिकमा कार्यरत छन् भने शेर्पा अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता हुन् । पुरस्कारको राशी २५ हजार रुपैयाँ र प्रमाण–पत्र रहेको छ ।

समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा सो पुरस्कार प्रदान गर्ने गरेको छ ।

सन् २०१७ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनौट गरेर यो पुरस्कार एक जनालाई प्रदान गर्ने गरेको थियो ।

तर यो पटक विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकता भएका लेखहरुको मूल्याङ्कन गर्दा दुवैजना पत्रकारहरुको बराबरी अङ्क आएकाले यो पुरस्कार दुवैजनालाई दिने निर्णय भएको हो ।समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०१७’ पाउने पत्रकारद्धय ३१औँ पत्रकार हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...