अब नेपालगञ्ज–दिल्ली बुद्धका दैनिक तीन उडान

Budha2 n

काठमाडौं । बुद्ध एयरले नेपालगञ्ज–दिल्ली दैनिक तीनवटा उडान गर्ने तयारी गरेको छ । सोमबार बुद्ध एयरले पत्रकार सम्मेलन गरि सरकारसँग उडान अनुमतिका लागि निवेदन दिएको जानकारी दिएको छ ।

विहान ७, दिउसो १ र साँझ ८ बजेको समयमा नेपालगन्ज–दिल्ली उडानका लागि समय उपलब्ध गराउनका लागि निबेदन पेस गरेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए।

नेपालगन्जबाट दिल्ली जाने हवाई रुट दुईतर्फी भएमा उडानका लागि सहज हुने उनले बताए। हाल बुद्ध एयरसँग भएको एटिआर ७२–५०० विमानबाट नै उडान गर्ने भएको छ।

नेपालगन्जबाट दिल्ली उडानका लागि विमानस्थलमा सुरक्षा, अध्यागमन, भन्सार लगाएतको व्यवस्थापन गर्न उनले सरकारसँग आग्रह पनि गरे । पत्रकार सम्मेलनमा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख धवल शमशेरर राणाले मध्य पश्चिम तथा सुदूरपश्चिमका जनताका लागि नेपालगन्ज–दिल्ली उडानले महत्वपूर्ण भूमिका खेल्ने बताए।

पत्रकार सम्मेलमा ५ अक्टोवरबाट नेपालगन्ज–पोखरा उडान ७२–५०० विमानबाट गर्ने योजना रहेको समेत प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए। यसबाट यात्रुहरुले कम भाडादरमा नेपालगन्ज–पोखरा उडान गर्न सक्ने उनले बताए।

बिचक्राफ्ट विमानबाट दुइ दशकअघि सेवा सुरू गरेको बुद्ध सन् २०२१ सम्म एयरबसका ३२० फेमिली सिरिजका ३ जहाज ल्याएर अन्तर्राष्टिय उडान गर्ने योजनामा छ।
आन्तरिक उडानतर्फको अग्रणी एयरलाइन्स कम्पनी बुद्धसँग हाल एटिआर ७२९५०० सिरिजका ५ वटा, एटिआर ४२ सिरिजका ३ र बिचक्राफ्ट विमान २ गरी जम्मा १० विमान छन्। आन्तरिक तर्फको ६३ प्रतिशत बजार हिस्सा कब्जा गरेको बुद्धले दुई दर्जनभन्दा बढी गन्तव्यमा उडान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...