गैर आवासीय नेपाली संघले नेपालमा विज्ञ सम्मेलन गर्ने
काठमाडौं । गैरआवासीय नेपाली संघले प्रवासमा हासिल गरेको ज्ञान, सीप तथा धन स्वदेशको विकास र समृद्धिमा लगाउने उद्देश्यका साथ नेपालमा विज्ञ सम्मेलन गर्ने भएको छ । संघले आगामी अक्टोबर १२ देखी १४ सम्म काठमाडौंमा विज्ञ सम्मेलन गर्न लागेको हो ।
गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटवार्ता गरि कार्यक्रमको बारेमा जानकारी दिएका छन् ।
सम्मेलनको सहआयोजक नेपाल सरकार हुन लागेको गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले जानकारी दिए ।
गैरआवासीय नेपालीहरुको पहलमा विज्ञ सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको हो । संघले स्थापनाकाल देखीनै नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ । यसअघि सम्पन्न संघको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना समेत नेपाल सरकारले गर्दै आएको थियो ।
प्रतिकृया दिनुहोस