बिपी राजमार्गमा ठूला बस चलाउने सरकारी योजनामा सर्वाेच्चको अंकुस

Bp rajmarg

काठमाडौं । सर्वाेच्च अदालतले बिपी राजमार्गमा ठूला बसलाई रुट परमिट नदिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बीपी राजमार्गमा ठूला गाडी सञ्चालन गर्ने दिने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले यस्तो अनुमति दिनुपर्नाको कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

साँघुरो सडकमा ठूला सवारीलाई रट परमिट दिँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले मुद्दाको फैसला नभएसम्म ठूला सवारीलाई रुट परमिट नदिने अन्तरिम आदेश जारी गरेको हो ।

यातायात मन्त्री महासेठले व्यवसायीको दबाबमा यही जेठ १४ मा बसेको मन्त्री परिषदको बैठकमा बिपी राजमार्गमा ठूला सवारीलाई पनि रुट परमिट दिने प्रस्ताव पेश गरेका थिए ।

त्यसलाई मन्त्री परिषदको बैठकले स्वीकृति दिएको थियो । त्यसविरुद्ध कैलाशराज दाहालले सर्वाेच्चमा दायर गरेको रिटमा आज अन्तरिम आदेश आएको हो । योसँगै बिपी राजमार्गमा ठूला बस चलाउने दिने यातयातमन्त्री रघुवीर महासेठको योजनामा ठेस लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...