उपभोक्ता ठग्ने दुईवटा पेट्रोल पम्पमा शिलबन्दी

Petrol vau

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले उपभोक्तालाई ठगी गर्ने दुईवटा पेट्रोल पम्पमा शिल गरि विक्रि बितरण बन्द गरेको छ ।

आइतबार विभागले गरेको अनुगमनका क्रममा पेट्रोलको परिमाण घटाइ विक्रि गरेको पाईएपछि शान्तिचोकको हरिसिद्धी आयल स्टोर र टेकुमा रहेको कनक ट्रेड सेन्टरमा शिलबन्दी गरिएको हो ।

हरिसिद्धी आयल स्टोरमा अनुगमन गर्दा अनुगमन समितिले पाँच लिटरको मापमा ३० मि.लि. सम्म कम पेट्रोल पाएको थियो भने कनक ट्रेड सेन्टरमा पाँच लिटरमा ४५ मि.लि. सम्म कम पाइएको थियो ।

विभागले अनुगमन गरेका पाँचवटा पेट्रोल पम्पमध्ये तीनवटाको माप परिणाम ठिक पाइएको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...