बिम्स्टेकको शिखर सम्मेलन नेपालमा गर्ने प्रस्ताव

Bimstec 20

काठमाडौं । नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ ।

नेपालले बिम्स्टेकको चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौँमा आयोजना गर्न सदस्य राष्ट्रसँग प्रस्ताव गरेको हो ।

मन्त्रिपरिषद्को सिंहदरबारमा आइतवार बसेको बैठकले बिम्स्टेकको चौथो शिखर सम्मेलन आगामी भदौको १४ देखि १५ वा २१ देखि २२ गते नेपालमा आयोजना गर्न सदस्य राष्ट्रसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको हो ।

व्यापार र लगानी, प्रविधि, यातायात, पर्यटन, कृषि, सांस्कृति आदानप्रदान, वातावरण तथा विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण, आतंकवाद नियन्त्रण तथा सदस्य राष्ट्रका जनताबीचको सम्बन्ध विस्तारका लागि सामूहिक प्रयास गर्ने बिम्स्टेको मुख्य उद्देश्य रहेको छ । नेपाल अहिले बिम्स्टेकको अध्यक्ष राष्ट्र रहेको छ ।

त्यसका लागि आवश्यक उपसमिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । सन् १९९७ जुलाइमा स्थापना भएको बिम्स्टेकका सदस्य राष्ट्रमा नेपाल, वंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड र भुटान छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...