हवाई भाडा बढ्यो, कहाँ कति भाडा ? हेर्नुस् सुची

यातयातमा बढाउने तयारी

Hawai vada

काठमाडौं । नेपाल आयल निगमले पछिल्ला केही महिनायता लगातार इन्धनको मूल्य बढाइरहेको छ । शनिवार राती मात्रै इन्धनको मुल्य बढएको थियो ।

निगमले इन्धनको मूल्य बढाएपछिको पहिलो असर हवाई यात्रुलाई परेको छ । निगमले इन्धनको मुल्य बढाएको वहानामा आन्तरिक उडानतर्फको भाडा पनि बढ्ने भएको छ ।

निगमले शनिबार आन्तरिकतर्फ हवाई इन्धनको भाडा प्रतिलिटर ५ रुपैयाँ बढाएको थियो । आइतवार बसेको वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको छ ।

यस्तो छ बढेको भाडादर
आइतवार बसेको संघको बैठकले नयाँ भाडादर कायम गरेको छ । नयाँ भाडादरअनुसार काठमाडौं धनगढीको भाडा अब १२ हजार ८ सय ७० हुने भएको छ । यसअघि १२ हजार ६ सय ५० रुपैयाँ थियो ।

नेपालगञ्ज काठमाडौंको भाडा १ सय ६५ रुपैयाँ बढ्ने भएको छ । त्यसैगरी पोखराको भाडामा ८० रुपैयाँ थप इन्धन शुल्क लाग्नेछ भने भैरहवासम्मको भाडामा १ सय रुपैयाँ वृद्धि हुनेछ ।

संघले हवाई भाडा वृद्धिसँगै माउन्टेन फ्लाइट ११ हजार चार सय ७०, पोखरा ५ हजार ३०, भैरहवा ६ हजार ३ सय, विराटनगर ७ हजार ५ सय ७०, धनगढी १२ हजार ८ सय ७०, भद्रपुर ९ हजार १ सय ५०, नेपालगञ्ज १० हजार १५, चितवन ३ हजार ६ सय ५५, सिमरा ३१ सय ७०, जनकपुर ४२ सय ६५, सुर्खेत ८ हजार ६ सय ७५, तुम्लिङटार ६ हजार ४५ लाग्ने छ ।

स्थलमार्गमा बढ्न बाँकी
निगमले इन्धनमा मूलय बढाएसँगै यातयात व्यवसायीले पनि लामो तथा छोटो दुरीका सवारी साधनमा भाडा बढाउने तयारी गरिरहेका छन् ।

उनीहरुले लामो समयदेखि यातयातको क्षेत्रमा भाडा पनि नबढेको र पछिल्ला केही महिनायता लगातार पेट्रोलियम पदार्थमा मसल्य बढिरहेका कारण भाडा बढाउनुको विकल्प नभएको बताउन थालेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...