साँढे ३३ किलो सुन प्रकरण : छिरिङ भन्छन्, म सुनको कारोवार गर्दिनँ

Gold plate

विराटनगर । सुन तस्करी प्रकरणमा अभियुक्तहरुले आफ्नो संलग्नता नभएको दावी गर्न थालेका छन् ।

लामो समयसम्म फरार रहेका छिरिङ वाङ्गेल घलेले आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए । आत्मसमर्पणपछि लिइएको बयानमा सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका हुन् ।

घलेको बयानसँगै अन्य अभियुक्तले पनि साँढे ३३ किलो सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको बयान दिँदा सुन प्रकरण सेलाउन सक्ने अनुमान गर्न थालिएको छ ।

सुन तस्करी प्रकरणमा विहीबार मात्रै आत्मसर्पण गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आफु साढे ३३ किलो सुन प्रकरण संलग्न नभएको बयान दिएका थिए ।

सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनीको मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिए । तर, घलेले मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग कुनै चिनजान नै नभएको दाबी गरेका छन् ।

भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको छिरिङको बयानमा उल्लेख छ । छिरिङ वाङ्गेल घले सुन तस्करी प्रकरणमै पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका साला नाता पर्छन् ।

‘निजले अदालतमा मविरुद्ध बयान गर्नुका कारण आफ्नो समूहका मानिसलाई बचाई मलाई फसाउन हुनुपर्छ’ बयानमा घलेले भनेका छन्, ‘गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ । म छिरिङ वाङ्देल गुरुङ हो । म सुन कारोवार नगर्ने हुँदा निर्दोष छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...