सामुदायिक भवन भत्काउन खोज्दा झडप, ७ जना घाइते

Eatahari ma jhadap n

इटहरी । सामुदायिक भवन भत्काउने क्रममा इटहरीमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

भूमि अधिकार मञ्चले सुकुम्बासीहरुलाई लक्षित गरि बनाएको सामुदायिक भवन भत्काउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो। झडपमा ७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जना प्रहरी र तीन सर्वसाधारण रहेको प्रहरीले जनाएको छ।

जिल्ला अदालत सुनसरीले सामुदायिक भवन हटाई सार्वजनिक जग्गा खाली गर्नु भन्ने फैसला दिएबमोजिम भवन भत्काइएपछि त्यहाँ तनाव उत्पन्न भएको हो।

शनिबार भवन भत्काउने क्रममा प्रहरीको प्रतिकार गर्दै सुकुम्बासीहरु विरोधमा उत्रेका थिए।

अदालतको फैसला कार्यान्वयन गर्न भूमि अधिकार मञ्चलाई जानकारी गराइएपनि खाली नगराइएपछि अदालती प्रकृया अन्तर्गत खाली गराउने क्रममा झडप भएको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...