गुणस्तरहिन सामाग्री प्रयोग गर्ने ठेकेदारका प्रतिनिधि पक्राउ
इटहरी । विराटनगर प्रहरीले गुणस्तरहिन सामाग्री प्रयोग गरि नाला निर्माण गर्ने ठेकेदार कम्पनीका तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्त, सुपरभाइजर विनय साह र अर्का एक कर्मचारी छन् ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली नेतृत्वको अनुगमन टोलीले अनुगमनका क्रममा उनीहरुले सिमेन्टनै नमिसाई वालुवाको जोडाइ गर्दै नाला निर्माण गरेको भेटेको थियो ।
अनुगमनकै क्रममा विराटनगर महानगरले कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्राचार गरेको थियो । यसको केही समयमै प्रहरीले निर्माणमा संलग्नहरुलाई पक्राउ गरेको थियो ।
महानगरको पत्रमा टुन्डीरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा, सोही कम्पनीका मेनेजर रवि पन्त, सुपरभाइजरद्धय संजय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई यथासिघ्र पक्राउ गरी प्रशासनिक कार्वाही गर्न भनिएको छ।
प्रतिकृया दिनुहोस