एकैपटक दुई उपप्रधानमन्त्री ! बादल जिल्ल, पोखरेल मख्ख

Pokhrel yadav

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री नराखेर वाहवाही कमाए पनि अन्ततः दुई जना उपप्रधानमन्त्री नियुक्त गरेका छन् ।

पहिलोपटक सरकार गठन हुँदा रक्षा मन्त्री पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलले उपप्रधानमन्त्री मागेका थिए । तर, ओलीले उपप्रधानमन्त्री नै नबनाउने अडान दिए । बादल तत्कालीन माओवादी र पोखरेल तत्कालीन एमालेबाट मन्त्री भएका थिए ।

लामो समय सरकारमा सहभागी नबनेको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउँदै दुई उपप्रधानमन्त्री बनाएका छन् । दुबैले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएका छन् ।

मन्त्रीमण्डल विस्तार गर्दै ओलीले फोरम अध्यक्ष यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बनाएका छन् । फोरमकै मो. मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई मन्त्री नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार ईश्वर पोखरेल र उपेन्द्र यादवलाई उपप्रधानमन्त्री नियुक्त गरेका हुन् । रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्दा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा पनि बढुवामा परेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...