नेपालमा आर्थिक विकास हुने राजदूत सुन्दासको विस्वास

Padam sundas

काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपाल अब आर्थिक विकासको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

गणतन्त्र दिवसको उपलक्ष्यमा बहराईनबासी नेपाली संघसंस्थाका प्रतिनिधि, विभिन्न कम्पनीमा कार्यरत नेपाली लगायतको उपस्थितिमा राजदूतावासमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा राजदूत सुन्दासले यस्तो नेपाल विकासको बाटोमा अघि बढिसकेको बताए ।

गणतनत्र दिवसको अवसरमा दूतावास परिसरमा दिपावलीसमेत गरिएको थियो । राजदूत सुन्दासले बहराइनबासी सम्पूर्ण नेपाली नागरिकहरुलाई गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामनासमेत दिएका थिए ।

बहराइनस्थित दूतावारद्धारा जारी विज्ञप्तीमा गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलन, जनयुद्ध र २०६२/०६३ को ऐतिकासिक जनआन्दोलनमा जीवन उत्र्सग गर्ने सम्पूर्ण सहितहरुप्रति श्रद्दाञ्जली अर्पण गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक रुपान्तरण सहितको समुन्नत र सम्वृद्ध नेपाल निर्माणमा राष्ट्रको ध्यान केन्द्रित भै भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई सम्वृद्ध गर्न तथा देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन गणतन्त्र दिवसले हामी सबैमा प्रेरणा दिने विश्वास व्यक्त गर्दछौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...