वडाध्यक्षले असुले बाढी पीडितको रकम

Badi pidit

विराटनगर । बाढीपीडितको नाममा आएको पैपा पनि जनप्रतिनिधिले नै ध्वाम्म पार्छन् भनेर कसले पत्याउँछ र ? तर, त्यस्तै भएको ठाएर हिनामिना गरेको आरोप लगाएका छन् ।

जनताको सेवा गर्छु भनेर जनताको मतबाट विजयी बनेका जनप्रतिनिधिले नै बाढी पीडितसँग रकम असुल्न थालेपछि कसको के लाग्छ र ? यस्तै भएको छ रंगेली मोरङमा ।

पीडितहरुले पत्रकार सम्मेलन गरी सोही नगरपालिका–४ का वडाध्यक्ष गोविन्दा मण्डलले आफूहरुसँग बाढीपीडितका लागि राहतस्वरुप आएको रकम उपलब्ध गराएवापत केहि रकम मागेको खुलासा भएको हो ।

गएको वर्षमा बाढीबाट पीडित भएका परिवारलाई सरकारले प्रतिपरिवार २५ हजार उपलब्ध गराएकोमा पीडितबाट वडाध्यक्षले परिवार हेरी रकम असुलेको र कसैलाई भनेमा अब आउने राहत ५० हजार नदिने भन्दै रकम असुलेको पीडितहरुले दावी गरेका छन् ।

पीडित जुलाई मण्डलले आफूसँग वडाअध्यक्षले ५ हजार रुपैयाँ लिएको बताइन् । पीडित भूपेन्द्र क्रिषिदेवसँग ५ सय, सुनिता देवी क्रृषिदेवसँग ७ हजार र पारोदेवी क्रृषिदेवसँग २ हजार असुलेको बताइएको छ ।

जनप्रतिनिधिले जनताको पक्षबाट वकालत गर्नु पर्नेमा उल्टै भ्रष्ट आचरण देखाउने यस्ता जनप्रतिनिधिलाई सत्यतथ्य पत्ता लगाई कडा कारवाहीका लागि पहल गरिदिनहुन पीडित अवधेश मण्डलले आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...