पाल्पामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुग्यो

दुर्घटनामा परे डिभिजन सहकारी पाल्पाका प्रमुख

Palpa bus

पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १४ जना घाइते भएका छन् ।

पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये १२ जनाको पहिचान खुलेको छ । मृत्यु हुने मध्ये कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् । १ जनाको अझैं सनाखत हुन सकेको छैन ।

पाल्पाको सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु२ख ९७५ नम्बरको बस दुर्घटनामा परेको थियो । सो बसमा २७ जना सवार थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा विष्णुमान बज्राचार्य, उनका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड र कृष्णबहादुर बोहराको मृत्यु भएको छ ।

सचिन बज्राचार्य र लक्ष्मी कार्कीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घाइते मध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...