चट्याङबाट उदयपुरमा तीन जनाको मृत्यु, दुई घाइते
गाईघाट । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछामा हावाहुरी र वर्षासँगै बिहिबार साँझ चट्याङ पर्दा तीन जनाको मृत्यु भएको छ।
ताम्लिछाका कृष्णबहादुर भुजेलको घरमा चट्याङ पर्दा उनकी आठ वर्षीया छोरी विष्णुमाया, ६३ वर्षीय धनप्रताप राई र खड्गबहादुर भुजेलका ११ वर्षीय छोरा कौशलको मृत्यु भएको हो।
चट्याङले अन्य दुई जना घाइते भएका उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। घाइते हुनेमा स्थानीय दुई वर्षीय बालक प्रविण भूजेल र ६ वर्षीय रितकुमार भूजेल छन्।
प्रतिकृया दिनुहोस