अब नेपालबाट बंगलादेश धागो निर्यात हुने

Nepal bangladeshn

काठमाडौं । नेपालमा उत्पादित धागो बंगलादेश निर्यात हुने भएको छ । यही जेठ १६ र १७ गते भएको नेपाल र बंगलादेशको वाणिज्य सचिव स्तरिय बैंठकले धागो निकासीको सहमति गरेको हो ।
अब काँकडभिट्टा नाका हुँदै स्थलमार्गबाट बंगलादेश निर्यात गर्न सहमत भएका हुन् ।

बंलादेशले ३ वर्ष अघि देखि नेपालको धागोमा लगाएको अबरोध हटाउने सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरेले जानकारी दिए। तर अन्तिम सम्झौता भने आज रातिसम्म हुने सचिव घिमिरेले बताए।

अबरोध हटेपछि बंगलादेशमा मात्रै नेपालदेखि करिब ५ अर्ब रुपैयाँभन्दा बढी धागो वार्षिक रुपमा निर्यात गर्न सकिने वाणिज्य मन्त्रालयले दावी गरेको छ।
केही वर्षअघि बंगलादेशले एकै पटक नेपाल र भारतबाट धागो आयात गर्न छोडेको थियो।

यद्यपि पछिल्लो समय भारतदेखि भने बंगलादेशले धागो खरिद गर्न शुरु गरिसकेकोमा नेपालसँगको अबरोध भने यथावत थियो। बैठकमा उक्त अबरोध हटाउने सहमति भएको हो। अबरोध हुनअघि पनि नेपालबाट बंगलादेशले कांकडभिट्टाको फुलबारी बंगलावन्ध नाका हुँदै धागो बंगलादेश निर्यात हुन्थ्यो।
नेपालको धागो उद्योगहरुमा १५ अर्ब रुपैयाँ बराबरको लगानी छ।

हाल मुलुकमा ठूला ४ टेक्स्टायल उद्योगहरु सञ्चालनमा छन्। ती उद्योगहरुले १० हजार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने हजारौंलाई अप्रत्यक्ष रोजगार प्रदान गरिरहेका छन्। नेपालमा जय स्पिनिङ, जगदम्बा स्पिनिङ, लायन्स स्पिनिङ र त्रिवेणी स्पिनिङ गरी चार ठूला धागो उद्योग छन्।

धागो उद्योगबाट बार्षिक ४० हजार टन धागो उत्पादन हुँदै आएको छ। दुईपक्षिय वार्तामा विशेष गरी द्विपक्षीय व्यापार विस्तारका बाधक गैरभन्सार अवरोध तथा भन्सार अवरोध हटाउने, उच्च भन्सार दर घटाउने, नेपाली विद्यार्थीले झेल्नुपरेका प्रवेशाज्ञासम्बन्धी समस्या समाधानमा केन्द्रित रहेर नेपालले सशक्तरुपमा आफ्ना विषय प्रस्तुत गरेको छ।

नेपालका मालबाहक तथा यात्री बोकेका सवारीसाधनलाई बिना रोकतोक चटगाउँ र मोंगाल बन्दरगाहसम्म जान दिनुपर्ने, व्यापार, पारवहन र दुवै देशलाई हवाई एवं सतहमार्गबाट जोड्दै सो मार्फत निरन्तर सम्पर्क, सम्बन्ध विस्तारलाई अघि बढाउनेबारे पनि छलफलको भएको छ।

त्यस्तै बंगलादेशले पनि नेपालले बंगलादेशी औषधी आयात गरिरहेकाले त्यहाँ उत्पादित औषधी आयातका लागि उनीहरुको शर्त बमोजिम प्रतिवद्धता जनाउनु पर्ने माग गरेको छ। यस्तै, उसले नेपालको जलविद्युतमा पनि चासो राखेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...