एसएसपी खत्री पूर्पक्षका लागि थुना

Syam khatrin

काठमाडौं । मोरङ जिल्ला अदालतले सुन तस्करी तथा सनम शाक्य हत्याका आरोपी एसएसपी श्यामबहादुर खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले खत्रीलाई थुनामा राखेर कारवाही अगाडि बढाउन आदेश दिएको हो ।

बिहीबार अदालतमा आत्मसमर्पण गर्न पुगेका खत्री वि?द्धको थुनछेक बहसपछि उनलाई जेल चलान गरिएको छ ।

बयानमा खत्रीले आफुलाई सरुवा गर्दिने भन्दै मुख्य आरोपी गोरेभन्ने चुडामणि उप्रेतीले धम्काउने गरेको बयान दिएका थिए । उनले आफु सुन तस्करीमा संलग्न नरहेको बयान दिएका छन् ।

एसएसपी खत्रीले गोरे र अवकाशप्राप्त डिआईजी गोेविन्द निरौलाबिच घनिष्ठ सम्बन्ध रहेको र आफुले तस्करी रोक्न चाहेको तर डिआईजी र गोरेका कारण नसकेको बयान दिएका थिए । उनले आफुलाई सुन तस्करीका बिषयमा केही थाह नभएको बयानमा बताएका छन्।

२०७४ चैत १३ गतेदेखि २०७५ वैशाख १२ गतेसम्म विदामा बसेका एसएसपी श्यामबहादुर खत्री पक्राउ पर्ने त्रासले त्यसयता फरार भएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...