काठमाडौं महानगरकी उपमेयर भन्छिन्, धरहराको काउण्टरमा साडी पसल रहेछ

Hari prava khadgi

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आफ्नो पहलमा धराहरा वरिपरी राखिएका पसलहरु हटाइएको दावी गरेकी छन् ।

उनले धराधराको वातावरण स्वच्छ बनाउन धराहरा आसपासमा राखिउका अनावश्यक पसलहरु हटाउनुपरेको दावी गरेकी छन् ।

‘त्यस्तै धरहराको निर्माणका बारेमा धेरै कुराहरु उठिरहेका छन्, धरहरा वरिपरि मःम पसल र धरहराको काउण्टरमा साडी पसल राखिएको रहेछ, त्यो सबै मेरै पहलमा भत्काईएको छ’ आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा आफुले गरेका कार्य प्रगतिहरु सार्वजनिक गन आयाजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘धरहरा निर्माणको लागि तत्काल पहल चाल्नुपर्नेमा म छु, सरकार पनि लागिरहेको छ ।’

आफ्नै अडानका कारण रानीपोखरीको निर्माण पुरानै कौशलताको आधारमा हुन लागेको बताएकी छन् । रानीपोखरीको निर्माण पुरानै शैलीमा गर्नुपर्छ भनेर आफू निरन्तर लागेकोले त्यो काम सफल भएको उनको दाबी छ ।

महानगरलाई सुशासनयुक्त बनाउने प्रयास, रानीपोखरीको निर्माण, धरहराको उचित संरक्षण, नेपाली सेनाले निर्माण गरेको महाङकाल लगायतका स्थानहरुमा बनेका भवनहरुको नक्सा पास, विभिन्न समितिहरु निर्माण लगायतका योजनाहरु कार्यान्वयन गरेको बताइन् ।

सो पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिका नेपाली कांग्रेसका मेयरका प्रयासी राजुराज जोशीले नगर प्रमुख विद्यासुन्दर शाक्यले एमालेवाद लादेर जनतमतको दुरुपयोग गरेको आरोप लगाए । निर्वाचनमा हारेता पनि आफुले पाएको जनमतको आधारमा आफ्ना सुझावहरु निरन्तर दिएको तर मेयर शाक्यले नसुनेको गुनासो पोखे ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा देखाएको एकलौटी रवैयाले प्रष्ट हुन्छ, उहाँले काम गर्न सक्नुभएन’ उनले भने, ‘उहाँसँग जनताले गरेको अपेक्षा कुनै पनि पूरा हुने मैले देखेको छैन्, सपार्नेभन्दा बढि बिगार्ने र विवादमा आउने काममात्रै गर्नुभएको छ, सय दिनका सय कामको सबैभन्दा बढि आलोचना खेप्नुभएको कुरा सबैलाई जानकारी नै छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...