खत्री भन्छन्, विमानस्थलबाट १ किलो सुन पास गराउँदा ५० हजार लिन्थेँ
बिराटनगर । सुन प्रकरणमा आत्मसर्पण गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आफु विमानस्थलमा रहँदा एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको स्वीकार गरेका छन् ।
विहीबार विहान जिल्ला अदालतमा आत्मसमर्पण गरेका खत्रीले जिल्ला अदालतमा विमानस्थलबाट एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको स्वीकार गरेका हुन् ।
मोरङ जिल्लाका न्यायधिश नारायणप्रसाद शर्माको इजसालमा खत्रीले सो कुरा स्वीकार गरे पनि ३३ किलो सुन प्रकरणमा केही बोल्न चाहेका छैनन् । अहिले उनीविरुद्धको बहस जारी छ ।
३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले श्याम खत्रीलाई पक्राउ गरे सबै कुरा खुल्छ भनेर बयान दिएका थिए । त्यसैका आधारमा प्रहरीले खत्रीलाई पक्राउ गर्न अन्तराषर््िट्रय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस समेत जारी गरेको थियो ।
गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । गोरेको लिस्टमा खत्रीले उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस