सांसद् झाँक्रीको प्रश्न, ४ करोड सांसद खरिद बिक्री गर्न हो ?

Ram kumari jhakri

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार पेश गरेको बजेटबारे संसदमा सत्तापक्षमै सांसदहरुले तीव्र आलोचना गरेका छन् । उनीहरुले सरकारले हचुवाको भरमा बजेट ल्याएको भन्दै विरोध पनि जनाएका छन् ।

सरकारको बजेटप्रति प्रतिपक्षले त कटाक्ष गरेकै छन्, सत्तापक्षले नै बजेट कनिका छरेको आरोप लगाएका छन् । यतिसम्म की बिहीबार भउको छलफलमा त सांसदहरुले सांसदलाई दिइने ४ करोडको कुनै अर्थ नभएको जिकरि गरे ।

‘बहुदलपछिको त्रिशंकु सरकारले भन्सार छुटमा गाडी किन्न दिएर सांसदहरुको खरिद विक्री थालेको थियो’, नेपाल कम्युनिस्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले भनिन्, ‘संसद विकास कोष सांसद खरिद विक्रीको निरन्तरता हो र ?’

सांसद झाँक्रीले सांसद विकास कोषको नाममा रकम बाँड्ने सरकारको निर्णयको कडा आलोचना गरिन् । ‘संसद विकास कोषको नाममा रकम बाँडिनु सांसद खरिद विक्री जस्तै हो’ उनले भनिन्, ‘यसरी नाम फेरेर दिइएको ४ करोडले कुनै महत्व राख्दैन । त्यसैले यो दिइनु हुँदैन ।’

‘बित्तीय अनुशासन कायम गर्ने हो भने बजेट भन्दा बाहिरको योजना किन ल्याइयो ? अर्थमन्त्रीजीले नै बिलखबन्दमा परेँ भन्नु भएको छ’, उनले भनिन्, ‘सांसद विकास कोष दिने बेलामा उहाँ कसरी बिलखबन्दमा पर्नुभयो ? संसद विकास कोष सांसदहरुलाई बदनाम, खिसिट्युरी र हँसाउने मेलो भएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...