उपेन्द्र यादवलाई बल्ल पर्याे चिठ्ठा, बन्ने भए सहरी विकास मन्त्री
काठमाडौं । सरकारमा सहभागी बन्ने निर्णय गरेको झण्डै तीन महिनापछि संघीय समाजवादी फोरमले दुई मन्त्रालय पाएको छ ।
सम्भवत आज साझ नै फोरमबाट मन्त्री बन्नेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ खुवाउने छन् ।
यो पटक फोरमको भागमा परेको सहरी विकास मन्त्रालय अध्यक्ष उपेन्द्र यादवले सम्हाल्ने छन् ।
सो पार्टीका सह–अध्यक्ष रहेका राजेन्द्र श्रेष्ठ स्वास्थ्यमन्त्री बन्ने पक्कापक्की भएको छ । स्वास्थ्य राज्यमन्त्री भने रेनुकुमारी यादव बन्ने भएकी छन् ।
प्रतिकृया दिनुहोस