असार ५ को साइतमा ओलीलाई चीनको निम्तो

Kp oli 17

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार ५ गते उत्तरी छिमेकी देश चनि जाने भएका छन् ।

यसअघि ओली पहिलो कार्यकालमा २०१६ मार्च २० देखि चीनको भ्रमणमा गएका थिए । सत्ता सम्हालेपछि उनी पहिलोपटक चीन जान लागेका हुन् । ओली असार ५ मा ५ दिने लामो चीन भ्रमण जाने निश्चित भइसकेको छ ।

ओलीको भ्रमणको निम्तो चीनले नै पठाएको थियो । चीनको भ्रमणलाई ओलीले स्वीकार गरेपछि कार्यक्रमको चाँजोपाँजो मिलाउन चीनका लागि नेपाली राजदूत लीलामणी पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमण बुधबार फाइनल भए पनि अझैं सरकारले त्यसबारे औपचारिक रुपमा सार्वजनिक गरेको छैन । तर, चीन सरकारको तर्फबाट कार्यक्रम तालिका भने बुधबार नै पठाइसकेको छ ।

के होला त ५ दिनमा ?
ओली ५ दिन लामो बसाई मा चीन जाँदैछन् । ५ दिनमा ओलीले के गर्लान् त भन्ने सबैको चासो पनि छ । ओली चीन भ्रमणका क्रममा सिचुवान पनि पुग्ने भएका छन् ।

ओलीले लामो समयदेखि चीन नेपाल जोड्ने रेलमार्गको कुरा गर्दै आएका छन् । केही समयअघि रसुवा नाका पुगेर ‘उ यही हो चीनबाट नेपाल रेल आउने बाटो’ भनेर देखाएका पनि थिए ।

ओलीको यो पटकको भ्रमणमा चीनसँग अन्तरदेशीय कनेक्टिभिटीअन्तरगत रेल सञ्जाल निर्माण सहितका परियोजनामा हस्ताक्षर हुने अनुमान गरिएको छ ।

सम्बन्ध सुधार्ने आसा
भारी बहुमतले प्रधानमन्त्री चुनिएपछि तत्कालीन एमालेका अध्यक्ष ओलीलाई भारतले आफ्नो देशमा पहिलो भ्रमण गराउन निक्कै कसरत गरेको थियो ।

प्रधानमन्त्री ओलीले चैत अन्तिममा भारत भ्रमणमा गएका बेला ‘म कहाँ चीनतिर ढल्केको छु र’ भन्ने अभिव्यक्ति दिएपछि धेरैले चीनसँग ओलीको सम्बन्धमा चिसोपना आएको टिप्पणी गरेका थिए ।

तर, ओली भारत भ्रमणमा गएलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङ पुगेर चीनसँगको सम्बन्धलाई कायम राख्ने प्रयास गरेका थिए । चीनसँगको सम्बन्ध नबिग्रियोस् भनेर ओलीले चीनबाट फर्किएलगत्तै चीन जान खोजेका थिए । तर, चीनले नै अनुमति दिएको थिएन ।

अहिले नेपालका दुई ठूला पार्टी एक भएका कारण पनि पार्टी एकताको सन्देश बोकेर चीन जान सजिलो भएको कतिपयको बुझाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...