सलाम ठोक्दै खत्रीले गरे आत्म समपर्ण

Syam khatri

बिराटनगर । केही दिनअघि मात्र सुन प्रकरणमा पक्राउ परेका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले याम खत्रीलाई पक्राउ गरे सबै कुरा खुल्छ भनेर बयान दिएका थिए ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीको पनि नाम छ । गोरेको लिस्टमा खत्रीले उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको उल्लेख गरिएको छ ।

सोही बयानका आधारमा प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गर्न खोजिरहेको थियो । तर, खत्रीले प्रहरीले पक्राउ गर्नुअघि नै जिल्ला अदालत, मोरङमा आत्म समर्पण गरेका छन् ।

खत्रीलाई यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा प्रहरीले नै पक्राउ गरेको थियो । तर, अदालतले सफाई दिएका कारण उनी रिहा भएका थिए ।

खत्रीले विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान गोरेले दिएका थिए । प्रहरीले खत्रीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस समेत जारी गरेको थियो ।

खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो नेक्सस खुल्ने अपेक्षा गरिएको छ । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको गारेले बयान दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...