नक्कली परीक्षार्थीसहित रकम असुल्ने पक्राउ

Vehicle trial 17

भक्तपुर । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित ‘इजीवे’ ट्रायल सेन्टरमा सञ्चालित परीक्षामा मोटरसाइकलको (ट्रायल) परीक्षा दिन आएका दुई नक्कली परीक्षार्थी र पास गराइदिन्छु भन्ने गिरोहमध्येको एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले यातायातका कर्मचारी, परीक्षामा बस्ने ट्राफिक प्रहरी र ट्रायल सेन्टरका मान्छेसँग कुराकानी भएको छ, गोप्य रुपमा सक्कली लाइसेन्स बनाइदिन्छु भनेर परीक्षार्थीसँग रकम उठाउँदै आएको थाहा पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ट्रायल सेन्टरबाटै काभ्रेपलाञ्चोक पाँचखाल – ६ का प्रेम अधिकारी छन् । त्यसैगरी सिन्धुली पोखरी गाउँपालिका– ५ स्थायी घर भएका टीकाराम चौलागार्इंको नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिँदै गर्दा तेह्रथुम ईवा गाउँपालिका– १ घर भई हाल ललितपुर लामाटार बस्ने का धनकुमार इङमान (लिम्बू) र सूर्यविनायक बस्ने सनिस पाक श्रेष्ठको नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिँदै गरेका लेटाङ गाउँपालिका– ८ मोरङका अर्जुन राईलाई प्रहरी वृत्त ठिमीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...