म महाराजा होईन, राजा फालेर आएको ब्यक्ति हुँ : प्रधानमन्त्री ओली

Pm kp oli smiling

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहा संविधान र कानुन सम्मत ढंगले भएको दावी गरेका छन् ।

बुधबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले फौजदारी अभियोग लागेर कारगार चलान भएका ढुंगेललाई अरु कैदी सरह कैद मिनाहा गरिएको पनि उल्लेख गरे ।

ढुंगेललाई आफूले व्यक्तिगत रुपमा नभेटेको तथा उनको आचरण सही रहेको सिफारिस कारगार व्यवस्थापन विभागले गरेको स्पष्टिकरण पनि दिए । प्रधानमन्त्री ओलीले ढुंगेललाई महाराजको शैलीले कैद मिनाहा गरेको भन्ने कांग्रेस नेता गगन थापाको टिप्पणीप्रति आपत्ति जनाउँदै आफू महाराजा नभई राजालाई फालेर आएको व्यक्ति भएको पनि बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...