नेकपा अन्डरलाइनले ल्याएको बजेट शास्त्रीय र अस्पष्ट : कांग्रेस

Congress party office

काठमाडौं । जतिसुकै राम्रो काम गरे पनि प्रमुख प्रतिपक्षी दलले सरकारलाई कहिल्यै पनि जस दिएको इतिहास छैन । त्यसमा पनि नीति तथा कार्यक्रम ल्याउँदा र बजेट ल्याउँदा त झन प्रतिपक्षका लागि सरकार सधैं आँखाको तारो नै बन्ने गर्छ ।

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेट पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका लागि विरोधको गतिलो विषय बनेको छ ।

ग्रेसले यो बजेटलाई नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीको परम्परागत शास्त्रीय दर्शनको दोबाटोमा अस्पष्ट र अन्यौलग्रस्त उभिएको टिप्पणी गरेको छ ।

सरकारले संसदमा प्रस्तुत गरेको बजेटप्रति बिमती जनाउन बुधबार पार्टी कार्यालय सानेपामा गरिएको पत्रकार सम्मेलनमा सर्वहाराको नाममा सत्तामा पुगेको नेकपा अन्डरलाइनले जनताको दैनिकी कष्टकर बन्दै गएको तथ्यप्रति आँखा चिम्लेको आरोप लगाएको छ ।

बजेटप्रति १४ बुँदे असहमति राख्दै कांग्रेसले आगामी एक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्यले केही महिना अगाडि अर्थमन्त्री स्वयंले जारी गरेको श्वेतपत्रलाई खण्डन गरेको कांग्रेसको भनाइ छ ।

कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले व्यवस्था गरेको दीर्घरोगीको जीविकोपार्जन भत्ता कटौती गरेको प्रति आपत्ति जनाएको छ । सरकारले बजेटमा समेटेका कार्यक्रमहरुमा थुप्रै विरोधाभाष देखिएको कांग्रेसको निष्कर्ष छ ।

‘जसरी सरकारले श्वेतपत्रमा कांग्रेसले ढुकुटी रित्याएर दियो भनिएको थियो त्यसलाई सरकारले बजेटमा लिएको आर्थिक वृद्धिदरको लक्ष्यले खण्डन गरेको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यसबाट कांग्रेस नेतृत्वको यसअघिको सरकारले रित्तो ढुकुटी वर्तमान सरकारलाई हस्तान्तरण गरेको भन्ने सरकारको दाबीलाई झुठो सावित गरेको छ ।’

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मर्यादामा रहेर बोल्न आग्रह गरे । प्रधानमन्त्री ओलीले बुधबारको एक कार्यक्रममा ‘बजेटलाई हावादारी भन्ने कांग्रेस नै हावादारी’ भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...