राजकिशोर यादव भन्छन्, यो सरकार गफै दिएर खाने रैछ भन्ने प्रमाणित भयो

Rajkishor yadav

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले यसपटकको बजेटले कुनै उत्साह थप्न नसकेको बताएका छन् ।

यादवले सरकारले ल्याएको बजेट आश्वासन र उद्देश्य राम्रो भए पनि कार्यान्वयनका आधार नै नभएको जिकिर गरे । ‘केपी ओली नेतृत्वको सरकारले गफ र सपना धेरै बाँडेको छ’ यादवले भने, ‘बजेट पनि राम्रै आउला भनने लागेको थियो । तर, अपेक्षा गरिए पनि जनताको मन जित्ने बजेट आएन ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा यादवले भने, ‘अब त केही हुन्छ कि भन्ने आशा थियो । तर हात्ती आयो हात्ती आयो फुस्सा । यो बजेट कर्मकाण्डी मात्रै हो ।’

बहुमत सहितको स्थिर सरकारले ल्याएको बजेट विगतकै सरकारले ल्याएजस्तो भएको उनको जिकिर छ । ‘यो सरकार गफै दिएर खाने रैछ भन्ने प्रमाणित भयो’ यादवले भने, ‘यो सरकारका कुरा चाँही ठूलाठूला, काम चाँही साना साना मात्रै ।’

प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाबीच नै तालमेल नमिलेका कारण बजेट पनि स्तरीय बन्न नसकेको यादवको आरोप छ । ‘आक्रामक र आयतन बढ्नुपथ्र्यो । प्राथमिकता किटान गर्नुपथ्र्यो’ उनले भने, ‘उत्पादन ताकेर वृद्धिदरको लक्ष्य राख्नुपर्छ । तर कुनै पनि योजनाको आधार नै छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...