अध्यक्ष ढकाल दिए बादललाई बधाई
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त बनेका छन् । यसैक्रममा उनले बुधबार गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा अध्यक्ष ढकालले गृहमन्त्री बादलको अगुवाईमा यातायात क्षेत्रका सिण्डिकेटको अन्त्य र सुन तस्कर माथिको कारबाही सफल बनाएकोमा बधाईसमेत दिए ।
भेटमा समसामयिक बिषय तथा देशको शान्ति सुरक्षाबारे छलफल भइको थियो । गृहमन्त्री बादलले सरकार शान्ति सुव्यबस्था कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आफुले सबैको सहयोगको अपेक्षा राखेको बताए ।
सो भेटमा पूर्वमन्त्रीसमेत रहेका ढकालले आगामी दिनमा अन्य क्षेत्रमा जारी रहेको सिण्डिकेटको अन्त्य गर्न माग पनि गरेका छन् । ढकालले समाजका सबै खाले बिकृति र विसंगतिको अन्त्य गरी शान्ति सुव्यबस्था कायम गर्न दरो नेतृत्व प्रदान गर्न आग्रह गरेको ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस