बजेटले निराश बनायो : बाबुराम

Baburam

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बर्तमान सरकारले जनतालाई देखाएका ठुला सपना बजेटमार्फत आफैले तुहाएको बताएका छन् । 

सफल अर्थमन्त्रीको पहिचान बनाएका भट्टराईले बजेटले आफूलाई निराश बनाएको प्रतिक्रिया दिए । डा. भट्टराईले स्थानीय तह र प्रदेशलाई जम्मा ४ खर्बमात्र विनियोजन गर्नु गम्भीर त्रुटी भएको प्रतिक्रिया दिए ।

भट्टराईले आशाजनक नयाँ योजना र संस्थागत परिवर्तनका कुनै कुरा बजेटले ल्याउन नसकेको बताए । ‘विकास र समृद्धिको आधार बन्छ त्यसका लागि गुणात्मक कार्यक्रम आउँछ भन्ने थियो तर त्यो देखिएन ।’ उनले भने, ‘यो बजेटबाट उहाँहरुलाई नै नोक्सान हुन्छ । आफैंले देखाएका सपना तुहाउनुभएको छ ।

भट्टराईले बहुमत प्राप्त वामपन्थी सरकारको बजेट पुरानैको निरन्तरतामात्र भएको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...