पत्रकारिताको मिसन देश र जनता : सभामुख महरा

Krishna bahadur mahara 1024x681

काठमाडौं । सभामुख कृष्णबहादुर महराले पत्रकारिताको मिसन देश र जनता हुनुपर्ने भएको बताएका छन् ।
बुद्धभूमि मिडिया प्रा.लि.ले शुरु गरेको रिपोर्टनेपाल डट कमको मंगलबार उद्घाटन गर्दै सभामुख महराले आफूले १० वर्षअघि सञ्चारमन्त्री रहँदा पत्रकारिता क्षेत्रसँग नजिक रहेर काम गरेको चर्चा गर्दै नेपाली पत्रकारिताका चुनौती र अप्ठ्याराहरुसँग परिचित रहेको बताए ।

अहिले अनलाइन मिडियाको मुख्य चुनौती विश्वसनीयता स्थापित गर्नु रहेको भन्दै सभामुख महराले मिडियाको विश्वसनीयता कति सत्य, तथ्य र निष्पक्ष हुन्छ, त्यसले नै निर्धारण गर्ने बताए । उनले भने, ‘साँचो अर्थमा पत्रकारिता गर्ने हो भने तपाईंहरुले देश र जनतालाई नबिर्सिनुस्, त्यसमै देशको मिसन पूरा हुन्छ । अबको पत्रकारिताको मिसन पनि देश र जनता नै हुनुपर्दछ ।’
‘तपाईंहरु कति सत्य, तथ्य र निष्पक्ष हुनुहुन्छ, त्यसले नै तपाईंहरुको विश्वसनीयता निर्धारण गर्छ’ उनले भने, ‘निष्पक्ष भएर पत्रकारिता गर्नुभयो भने विश्वासिलो र मर्यादित हुनुहुन्छ ।’

लोकतान्त्रिक गणतन्त्रका निम्ति ठूलो संघर्ष र बलिदान भएको चर्चा गर्दै महराले जनताको शक्तिले मात्रै परिवर्तन सम्भव भएको उनले बताए ।
‘विगतमा राष्ट्रियता थियो, लोकतन्त्र थिएन, लोकतन्त्र थियो राष्ट्रियता थिएन, केन्द्रमा राजा–महाराजा र अमूक शक्ति थियो, उनले भने, ‘अहिले हामीले लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं, लोकतन्त्र र राष्ट्रियताको केन्द्र नेपाली जनता बनेका छन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...