सडकमा नेविसंघको नाङ्गो जुलुस !
काठमाडौं । सरकारले सर्वोच्च अदालतलाई ढाँटेर पूर्व सभासद बालकृष्ण ढुंगेललाई मंगलबार विहान रिहा ग¥यो । ढुंगेललाई रिहा गरिएपछि कतै समर्थन भएको छ भने कतै विरोध पनि भएको छ ।
उज्जनकुमार श्रेष्ठ हत्याको सजाय भोगिरहेका पूर्वमाओवादी सभासद ढुंगेललाई रिहा गरेको विरोधमा नेपाल विद्यार्थी संघले नग्न प्रदर्शन गरेको छ । आखिर किन त ?
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट नेविसंघले ढुंगेललाई रिहा गरेको विरोधमा ओली सरकार विरुद्ध निक्कै चर्का नारासमेत लगाएको छ ।
नेविसंघले ‘हत्यारा छाड्न पाइँदैन, ओली सरकार चाहिँदैन’ भन्ने प्लेकार्डसहित नग्न जुलुस निकालेर ओली सरकाको निक्कै कडा विरोध गरेको छ ।
सो जुलुसको नेतृत्व सभापति नैनसिंह महर आफैंले गरेका थिए ।
प्रतिकृया दिनुहोस