पत्रकार दुर्घटना विमाका लागि अनुदान दिइने
काठमाडौं । पत्रकार दुर्घटना विमाका लागि अनुदान दिइने भएको छ । सरकारले यो वर्ष रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने भएको छ ।
सबै प्रकारका सूचनामा नेपालीको पहुँच पुर्याइने, चलचित्र व्यवसायमा बक्स अफिस प्रणाली लागू गरिने भएको छ भने सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याइने छ ।
यातायात व्यवस्थापनमा १ अर्ब
सरकारले यो यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब विनियोजन गरेको छ । लाइसेन्स र यातायात दर्ता प्रदेशबाटै गरिने व्यवस्था मिलाएको छ ।
१ अर्बभन्दा बढी पूँजी रहेको उत्पादनमुलक कम्पनीले पब्लिक कम्पनीमा परिणत भइ सेयरमा सूचीकृत हुनुपर्ने नियम बनाएको छ । हुलाक बचत बैकलाई खारेज गर्न भएको छ । सञ्चित रकमलाई वाणिज्य बैकमा राख्ने व्यवस्था गरिने भएको छ । भ्रष्टाचार गर्ने र गराउने दुबैलाई कानुनी दायरामा ल्याइने भएको छ ।
सरकारी सेवालाई आगामी वर्षमा विद्युतीय प्रणालीमा लगिने भएको छ । सार्वजनिक संस्थान सञ्चालन र व्यवस्थान ऐन ल्याइने भएको छ ।
प्रतिकृया दिनुहोस