डडेल्धुरामा जिप दुर्घटना हुँदा वडाअध्यक्षसहित ४ जनाको मृत्यु

Dadeldhura jip

डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा वडाअध्यक्षसहित ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको जीप दुर्घटना हुँदा आदर्श गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्रेमबहादुर बोहराको मृत्यु भएको छ ।

सो घटनामा परी वडाअध्यक्ष बोहरासहित दिपायल सिलगढी नगरपालिका–४ का गाडीधनी विनोद रावल, आदर्श गाउँपालिका–२ डोटीका लालबहादुर बोहरा र सोही ठाउँकी जानकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–२ को गजरौलामा मंगलबार बिहान भएको दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

सो जिपमा ११ जना यात्रु सवार थिए । सो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका लागि उपक्षेत्रीय अस्पतालमा ल्याउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

सो जिप दुर्घटना हुँदा चालक विष्णु विक, सिरहाका करन कुमार यादव, आदर्श गाउँपालिका २ का विनोद बोहरा, विष्णु बोहरा, टेकबहादुर बोहरा र नरेश बोहरा घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...