यस्तो थियो सार्वजनिक बिदा विनाको सरकारी रौनकता
काठमाडौं । अघिल्लो वर्षसम्म सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिने गरेको थियो । यो वर्ष भने दिएन । यो वर्ष सरकारी बिदा नभए पनि सरकारले भव्य रुपमा गणतनत्र दिवस मनाएको छ ।
काठमाडौं लगायत देशभर नै गणतन्त्र दिवस मनाइएको छ । सबैं राजनीतिक पार्टी, विभिन्न संघ संस्थाहरुले पनि गणतन्त्र दिवस मनाएका छन् ।
सार्वजनिक बिदा नभए पनि १०औं गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च, टुँडिखेलमा औपचारिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गराइयो भने गणतन्त्र दिवस लेखिएको झण्डासमेत फहराइयो ।
नेपाल सरकारको आयोजनामा भएको सो औपचारिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कायममुकायम प्रधानन्यायाधीश दिपकुमार जोशी, संवैधानिक निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा अंगका प्रमुखहरु लगायतको उपस्थिती थियो ।
नेपाल बहुभाषिक तथा बहुसांस्कृतिक मुुलुक रहेको प्रष्ट हुनेगरी विभिन्न जातजातीको भेषभुषा तथा कला संस्कृति झल्किने झाँकी, लाखेनाच, बाजागाजा सहितको नृत्य लगायतको प्रस्तुतिले सैनिक मञ्च टुँडिखेलको माहोलमा रौनकता थपेको थियो ।
प्रतिकृया दिनुहोस