जनकपुरबासीलाई भारतीय भन्नु गल्ती भयो : स्वराज

Susma swaraj

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले जनकपुरबासीलाई भारतीय भन्नु आफ्नो गल्ती भएको स्वीकार गरेकी छन् ।

नेपालको जनकपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनलाई स्वराजले भारतीयलाई सम्बोधन गरेको बताएकी थिइन् । त्यसको चौतर्फी आलोचना भएपछि स्वराजले माफी मागेकी हुन् ।

स्वराजले आफुबाट उनले आफूबाट गल्ती भएको भन्दै ट्विटरमार्फत् माफी मागेकी हुन् । उनले आफ्नो सम्बोधनको भिडियोसमेत राख्दै लेखेकी छन्, ‘मेरो तर्फबाट यसमा गल्ती भयो । म इमान्दारीका साथ यसमा माफी चाहान्छु ।’

‘नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुनुहुन्छ, जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौंलाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सिधै जोड्ने काम गर्नुभएको छ’ स्वराजले भारतीय विदेश मन्त्रालयमा सोमबार आयोजित वार्षिक पत्रकार सम्मेलनमा भनेकी थिइन् ।

उनले भारत सरकारको ४ वर्षको उपलब्धीसम्बन्धी पुस्तक विमोचन गर्दै प्रधानमन्त्री मोदी प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर संबोधन गर्ने एक मात्र प्रधानमन्त्री भएको बताको ट्विटरमा सो भिडियो सार्वजनिक भएको थियो ।

त्यसको नेपालका पूर्वप्रधानमन्त्री, सांसददेखि अन्य प्रयोगकर्ताहरुले समेत नेपालको राष्ट्रिय अखण्डता तथा सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालहरुमा आलोचना गरेका थिए । कतिपयले सो भनाइलाई लिएर विदेशमन्त्री स्वराजले माफी माग्नुपर्ने समेत बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...