गणतन्त्र दिवसकै दिन जेलबाट छुटे बालकृष्ण ढुंगेल
काठमाडौं । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल मंगलबार रिहा भएका छन् ।
सरकारले कैद मिनाहका लागि गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
आइतवार साँझ बसेको बैठकले सजाय माफीको निर्णय राष्ट्रपति कार्यालयमा पठाएको थियो । अरु कैदी सरह वालकृष्ण ढुंगेलले पनि ४० प्रतिशत कैद अवधी भुक्तानी गरेका छन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेलले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।
ढुंगेललाई माफी दिन लागिएको बिरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी छ । अदालतले सोमवारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो ।
ढुंगेल रिहाई हुने हल्ला फैलिएपछि मंगलबार बिहानै उनका समर्थक डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरेका थिए । उनले आफ्ना शुभचिन्तकलाई सम्बोधन गर्दै आफु जनताको सेवामा सपर्पित रहेने बताए ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० प्रतिशत कैद भुक्तान गरेका ढुंगेलसहित ८ सय १६ कैदीलाई माफी दिने निर्णय गरेको थियो । राष्ट्रपतिले प्रस्ताव स्वीकृत गरेसँगै ढुंगेल लगायतका सबै कैदी मंगलबार बिहान छुटेका छन् ।
प्रतिकृया दिनुहोस