जीविकोपार्जन भत्ता कटौति नगर्न सरकारको ध्यानाकर्षण

Apanga n

काठमाडौं । स्पाईनल कर्डका कारण असक्त नागरिकहरुले जीविकोपार्जन भत्तालाई निरन्तरता दिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।

सोमबार विहान ह्वीलचियरको सहारामा प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले जीविकोपार्जन भत्ता कटौति नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै प्रर्दशन गरेका हुन्।

स्पाईनल कर्डका कारण अशक्त नागरिकलाई प्रतिमहिना ५ हजारका दरले जीविकोपार्जन भत्ता दिने शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णय वर्तमान सरकारले कटौति गर्ने शंका लागेपछि उनीहरुले त्यसो नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन्।

बन्दीको रुपमा जीउन बाध्य आफूहरुको जीविकोपार्जनसम्बन्धि भत्ता कटौति नगर्न सरकारको ध्यानाकर्षण गराउनु परेको पीडित भरतबहादुर कार्कीले बताए।

शारिरीक रुपमा असक्त नागरिकहरुले अपांगता ऐन अनुसार आफूहरुलाई सेवा, सुविधा उपलब्ध गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्। पीडित कार्कीले सरकारले आफूहरु मैत्री व्यवहार समेत गर्न नसकेको गुनासो गरे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...