सुन डन गोरे पूर्पक्षका लागि थुनामा
काठमाडौं । मोरङ जिल्ला अदालतले ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य आरोपी चुडामणि उप्रेती गोरेलाई पूर्पक्षका लागि थुनामा राखेर कारवाही अघि बढाउन आइतबार आदेश दिएको छ ।
न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले आईतबारको थुनछेक बहसपछि गोरेलाई थुनामा राखेर कारवाही अघि बढाउन आदेश दिएको हो । सुन तस्करीको अनुसन्धान गरिरहेको सरकारी समितिले मंगलबार पक्राउ परेका गोरेको बुधबारदेखि अदालतमा बयान लिएको थियो । आइतबार बयानपछि सरकारी वकिल र प्रतिवादीका वकिलको बयानपछि न्यायाधीश शर्माले सो आदेश दिएका हुन् ।
प्रतिकृया दिनुहोस