७० वर्षिय महिला गर्भवती डाक्टरसमेत चकित
एजेन्सी । मेक्सिकोमा ७० वर्षिय एक वृद्ध गर्भवती भएकी छन् । मारिया डि ला लुजले आफ्नो पेटमा ६ महिनाको छोरी रहेको दाबी सही ठहरीय उनी सन्तान जन्माउने संसारको वृद्ध महिला हुने बताइएको छ ।
आफुलाई रिङगाटो लाग्ने, खुट्टा दुख्ने, निरन्तर बमिट हुने भएपछि प्रइभेट क्लिनिकमा अल्ट्रसाउण्ड गराउदा आफु ३ महिनाको गर्भवती भइसकेको थाहा पाएको बताइन । उनले अहिलेसम्म १० वटा अल्ट्रासाउण्ड गराइसकेको छन् । मारिया डि ला लुजले गर्भमा भएको ६ महिनाकी छोरीको अल्ट्रासाउन्ड रिपोर्ट पनि देखाएकी छिन् ।
‘उनीहरुले मलाई मेरो गर्भमा छोरी भएको जानकारी दिए, छोरीको सानो अनुहार तपाईंले पनि देख्न सक्नुहुन्छ, हेर्नुहोस् त,’ मारियाले मेक्सिकोको माजात्लानमा रहेको घरमा पत्रकारलाई जानकारी दिइन्, यो देखेर डाक्टर चकित छन्, ।
यदि मारियाले शिशुलाई जन्म दिए, उनले वृद्धावस्थामा आमा बन्ने संसारको पहिलो महिलाको बाजी मार्नेछिन् । उनी मारिया डेल कार्मेन बौसादा डि लाराभन्दा ४ वर्ष जेठी हुनेछिन् ।
सन् २००६ मा बौसादा डि लाराले ६६ वर्ष ३ सय ५८ दिनमा जुम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् जसले उनलाई संसारकै वृद्ध आमाको उपाधि दिलायो ।
डि ला लुजका अनुसार उनका केही सन्तानलाई आमा गर्भवती भएको मन परेको छैन । बच्चा जन्माउनका लागि आमा निकै ‘बुढी’ भएका कारण उनका छोराछोरी रिसाएको डि ला लुजले जानकारी दिइन् । जुलाई १८ मा गाइनाकोलोजिस्टले उमेर धेरै भएकाले उनले शल्यक्रियामार्फत बच्चा जन्माउनुपर्ने सल्लाह दिएको उनले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस