सूचना प्रविधिको क्षेत्रमा सरकारसँग सहकार्य गर्न तयार छौ : क्यान

Fed

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधिलाई महत्व दिइएकोमा स्वागत गरेको छ ।

महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरेर प्रविधिको प्रयोग र सेवाप्रदायक सबै सरकारी निकायलाई सूचना प्रविधि सञ्जालमा आबद्ध गर्ने सरकारी नीतिलाई सकारात्मक रुपमा लिएको जनाएको छ । सूचना प्रविधिलाई विशेष प्राथमिकता दिइएको सरकारी नीतिको कार्यान्वयन पक्ष पनि उत्तिकै सबल रहने अपेक्षा गर्दै क्यान महासंघले यसको कार्यान्वयनमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सोमबार प्रस्तुत सरकारको आर्थिक वर्ष २०७५र७६ को नीति तथा कार्यक्रममा सूचना प्रविधिको पहुँच र प्रयोगलाई बृहत्तर बनाउने उल्लेख छ ।

नीति तथा कार्यक्रममा सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना सञ्जालमा जोडिने, सार्वजनिक प्रशासन, व्यवसायिक क्षेत्र, सार्वजनिक एवं निजी सेवा, अभिलेख, तथ्यांक र वित्तीय कारोबारहरुलाई विध्युतीय सूचना प्रविधिमा आधारित बनाउने लगायतका विषय समेटिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...