ढिलासुीस्ती गर्ने ठेकेदार समातिए, छिटो काम गर्ने कागज गरेर छोडिए

Arest

पोखरा । काममा ढिलासुीस्ती गर्ने ठेकेदारहरुलाई गिरफ्तार गरेर जेल हाल्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएसँगै पृथ्वी राजमार्ग मर्मत सम्भारको काममा ढिलाई गर्ने ठेकेदार पक्राउ पक्राउ परेका छन् ।

पृथ्वी राजमार्गको गगनगौंडा सडकखण्डमा १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न ढिलाइ गर्ने निर्माण व्यवसायी सुरेन्द्र बस्नेत पक्राउ परेका हुन् । बिहीबार समातिएका बस्नेत काम छिटो गर्ने कागज गरेर शुक्रबार रिहा भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आर्थिक वर्ष ०७३/७४ को जेठमा असारभित्रै सक्ने गरी सम्झौता भएको थियो तर, समयमै सक्न सम्भव नभएको भन्दै गत आर्थिक वर्षको चैत सम्मका लागि सम्झौता थप गरिएको थियो । चैतमै सक्नुपर्ने काम हालसम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । गिटी छरेर सडक निर्माणमा ढिलाइ गरेपछि धुलो र दुर्घटना बढेको भन्दै स्थानीयले विरोध गरेका थिए ।

बिटुमिन प्रयोग गर्ने मेसिन नभएको भन्दै काममा ढिलाइ गरेको सडक ढिभिजन कार्यालय पोखराका प्रमुख प्रेम खत्रीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...